नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण सङ्घ र प्रदेशले स्वीकृत गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको छ।
उपमहागरपालिकाको हिजो सम्पन्न सातौँ नगर सभाले लकडाउनको समयमा ठेक्का आह्वान गर्न नसकिएकाले अधिकांश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो।
“अर्थ मन्त्रालयले पिएमओ (सार्वजनिक बोलपत्र आह्वान) मार्फत ठेक्का आह्वान गर्न दिएन”, मेयर डा. धवलशम्शेर राणाले भने, “लकडाउन खुकुलो भएपछि आर्थिक वर्षको अन्तिम महीना शुरू भयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन्।”
चालु आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने १, २, ४, १० र १८ वडा कार्यालयलाई सम्मान गरिएको छ। रासस
" /> नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण सङ्घ र प्रदेशले स्वीकृत गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको छ।उपमहागरपालिकाको हिजो सम्पन्न सातौँ नगर सभाले लकडाउनको समयमा ठेक्का आह्वान गर्न नसकिएकाले अधिकांश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो।

">