काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा तत्कालीन जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मंसीरमा उपसचिवमा बढुवा भएका थिए।
हाल बाँसगढी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, बर्दियामा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव (अधिकृत ९औँ) पदमा कार्यरत छन्।
रेग्मीले अकूत सम्पत्ति कमाएको भनी परेको उजुरीमाथि छानबिन गर्दा चार करोड ५४ लाख ३३ हजार ६९८ रूपैयाँ बराबरको सम्पत्ति गैरकानूनी देखिएको छ।
आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै स्रोत नखुलेको र श्रीमती फम्फादेवी पाण्डे र छोरी सन्ध्या रेग्मीको नाममा रहेको सम्पत्तिसमेत जफतको माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
" /> काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा तत्कालीन जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मंसीरमा उपसचिवमा बढुवा भएका थिए।

">