बाँके। हतियारसहित नेपाल प्रवेश गरिरहेका एक भारतीयलाई इलाका प्रहरी कार्यालय नरैनापुरले आज पक्राउ गरेको छ ।
बाँके नरैनापुर गाउँपालिका-४, घोडदौरिया नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा सीमावर्ती क्षेत्र भारत श्रावस्ती जिल्ला बस्ने नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।
उनका अनुसार पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ परेका ती भारतीयका बारेमा थप अनुसन्धान भइरहेको छ।
उनी गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोडमा समेत संलग्न रहेको आशंका गरिएको छ। रासस
" /> बाँके। हतियारसहित नेपाल प्रवेश गरिरहेका एक भारतीयलाई इलाका प्रहरी कार्यालय नरैनापुरले आज पक्राउ गरेको छ ।बाँके नरैनापुर गाउँपालिका-४, घोडदौरिया नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा सीमावर्ती क्षेत्र भारत श्रावस्ती जिल्ला बस्ने नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।
उनका अनुसार पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ परेका ती भारतीयका बारेमा थप अनुसन्धान भइरहेको छ।
उनी गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोडमा समेत संलग्न रहेको आशंका गरिएको छ। रासस
">