कैलाली। नेपाली सेनाको सर्पदंश उपचार केन्द्रको सेवा प्रभावकारी भएपछि उपचार गराउन आउनेको संख्या बढ्न थालेको छ।
कैलालीको गौरिगंगा नगरपालिकामा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्र बढैपुरबाट पछिल्लो तीन महिनामा ७९ जनाले उपचार पाएको सर्पदंश उपचार केन्द्र संचालन गरिरहेको कालीरक्षा गण (ई) का गणपति तथा प्रमुख सेनानी प्रदिप थापाले जानकारी दिए।
२०७१ सालबाट सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्रमा गत बर्ष एक सय १९ महिला र ७० पुरुष गरी एक सय ८९ जनाले सेवा लिएका थिए। वर्षातको समयमा सर्पदंशका बिरामीहरुको संख्या धेरै हुने भएकाले २४ घण्टा नै केन्द्र सञ्चालनमा रहेको प्रमुख सेनानी थापाले बताए।
‘‘सर्पदंशका बिरामीको संख्या यो बर्ष झनै बढेको छ,’’ प्रमुख सेनानी थापाले भने, ‘‘यो बर्ष उपचार केन्द्रमा पुगेका कसैले पनि ज्यान गुमाउन परेको छैन। भेन्टिलेटर नै आवश्यक परेका बिरामीलाई भने हामीले सेवा दिन सकेका छैनौ। त्यस्ता बिरामी आए सेती प्रादेशिक अस्पताल धनगढीमा पठाउने गरेका छौं।’’
सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाको सर्पदंश उपचार सम्बन्धी तालिम प्राप्त दक्ष जनशक्तिहरुले सर्पदंश सम्बन्धी सेवा प्रदान गरिरहेका छन ।
कोभिड-१९ को महामारीको अवस्थामा समेत विशेष सुरक्षात्मक उपाय अवलम्बन गर्दै सर्पदंश उपचार केन्द्रबाट सेवा दिइँदैछ।
" /> कैलाली। नेपाली सेनाको सर्पदंश उपचार केन्द्रको सेवा प्रभावकारी भएपछि उपचार गराउन आउनेको संख्या बढ्न थालेको छ।कैलालीको गौरिगंगा नगरपालिकामा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्र बढैपुरबाट पछिल्लो तीन महिनामा ७९ जनाले उपचार पाएको सर्पदंश उपचार केन्द्र संचालन गरिरहेको कालीरक्षा गण (ई) का गणपति तथा प्रमुख सेनानी प्रदिप थापाले जानकारी दिए।

">