काठमाडौं। लकडाउनको अवधिमा मानवअधिकार उल्लंघनका एघार सयभन्दा बढी घटना भएको एउटा अध्ययनले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले लकडाउनको तीन महिनाको अवधिमा एक हजार ११९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ।
इन्सेकद्वारा सार्वजनिक प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्मका घटना समावेश छन्। यस अवधिमा राज्य पक्षबाट ६४ वटा मानवअधिकार उल्लंघनका घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ।
लकडाउनका तीन महिनामा २५ स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना पनि इन्सेकले अभिलेख गरेको छ। मानव अधिकारको संरक्षण र सम्वर्द्बनमा राज्यको दायित्व हुने भएपनि यस अवधिमा राज्य संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
रासस
" /> काठमाडौं। लकडाउनको अवधिमा मानवअधिकार उल्लंघनका एघार सयभन्दा बढी घटना भएको एउटा अध्ययनले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले लकडाउनको तीन महिनाको अवधिमा एक हजार ११९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ।इन्सेकद्वारा सार्वजनिक प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्मका घटना समावेश छन्। यस अवधिमा राज्य पक्षबाट ६४ वटा मानवअधिकार उल्लंघनका घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ।

">