काठमाडाैं। पूर्वसांसद मञ्च, नेपालले बाढी, पहिरो, डुबानबाट पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन र घाइतेको यथाशीघ्र उपचार गर्न सरकारसँग माग गरेको छ।
मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको विभिन्न ठाउँमा अविरल वर्षाको कारणले बाढी, पहिरो, डुबानबाट ठूलो धनजनको क्षति भएकोमा दुःख प्रकट गरेको उल्लेख छ।
विज्ञप्तिमा उक्त घटनामा विस्थापित भएका परिवारलाई जीविकोपार्जन गर्न उपयुक्त पुनर्वासको व्यवस्था, मृतक भएका व्यक्ति र क्षति भएका संरचनाको क्षतिपूर्तिका साथै तत्काल राहत सामग्री उपलब्ध गराउन, घाइतेको यथाशीघ्र उपचार गर्न, क्षति भएका भौतिक संरचना पुनःनिर्माण गर्न मञ्चले सरकारलाई अनुरोध गरेको छ। रासस
" /> काठमाडाैं। पूर्वसांसद मञ्च, नेपालले बाढी, पहिरो, डुबानबाट पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन र घाइतेको यथाशीघ्र उपचार गर्न सरकारसँग माग गरेको छ।मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको विभिन्न ठाउँमा अविरल वर्षाको कारणले बाढी, पहिरो, डुबानबाट ठूलो धनजनको क्षति भएकोमा दुःख प्रकट गरेको उल्लेख छ।

">