काठमाडौं। सिन्धुपाल्चोकमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा एक ईन्जिनियरसहित दुई जना बेपत्ता भएका छन्।
पानी छाडेको सुरूङमा प्राविधिक समस्या देखिएपछि निरीक्षण गर्न पुगेका चारजना बेपत्ता भएका थिए। ती मध्ये दुईजनाको उद्धार गरिएको थियो।
ईन्जिनियर सतिस गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
उनीहरुको खोजी कार्य जारी रहेको छ। घाइते भएका दुईजनालाई भने हेलिकप्टरमार्फत् थप उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिए।
पानी खोल्न इन्जिनियरसहितको टोली मुहान पुगेका थिए। पानी खोलेपछि १७ नम्बर गेट थाम्न नसक्दा उनीहरुलाई पानीले बगाएको हो। अहिले अस्थायी संरचनाबाट पानी पठाउन परीक्षण भइरहेको छ। घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो।
" /> काठमाडौं। सिन्धुपाल्चोकमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा एक ईन्जिनियरसहित दुई जना बेपत्ता भएका छन्।पानी छाडेको सुरूङमा प्राविधिक समस्या देखिएपछि निरीक्षण गर्न पुगेका चारजना बेपत्ता भएका थिए। ती मध्ये दुईजनाको उद्धार गरिएको थियो।

">