काठमाडौं। ठूला हुन् कि साना, धनी हुन् कि गरिब देशका अधिकांश शीर्ष अधिकारी जनतासामु झुटो बोलिरहेका हुन्छन्। कहिले पूरा गर्न नसकिने योजना सुनाइरहेका हुन्छन् त कहिले सपनाको व्यापार गरिरहेका हुन्छन्।
संसार कोरोना सङ्क्रमण र यसबाट कसरी बाँच्ने भन्ने चिन्तामा छ। तर राजनेताहरू भने सत्तामा टिकिरहन र आफ्नो प्रभाव कायम राखिरहन झुटको सहारा लिने गर्छन्। महाशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाकालमा यही महामारीका सम्बन्धमा बोलेका झुटकै सूची लामो हुन सक्छ।
कोरोना सङ्क्रमण बढिरहेका बेला उनले मास्क लगाउनु नपर्ने बताए। अचानक केही दिनअघि उनी सार्वजनिक कार्यक्रममा मास्क लगाएर प्रकट भए र भने, ‘‘मैले मास्कको कहिल्यै विरोध गरेको छैन। मास्कको उपयोगिता छ।’’ उनले पटकपटक आफ्नो देशमा मास्क लगाउनु पर्ने अवस्था नआएको बताएका थिए। त्यसकारण आफूले मास्क नलगाएको उनको भनाइ रहँदै आएको थियो।
त्यतिमात्र होइन, उनी लकडाउनका पनि विरोधी बनिरहे, बनिरहेका छन्। अमेरिकामा सङ्क्रमित लाखौं पुगिसकेका थिए, मृत्यु हुने पनि बढिरहेका थिए, तर लकडाउन र सामाजिक दूरी अनावश्यक रहेको जिकिर ट्रम्प गरिरहेका थिए।
मुलुकको अर्थतन्त्र डामाडोल बन्ने हुनाले लकडाउन गर्न नहुने उनको तर्क छ। नागरिकको जीवनभन्दा बढी अर्थतन्त्रको चिन्ता गर्ने उनको कदमको सर्वत्र विरोध भयो। अमेरिकाका कतिपय सहरमा ट्रम्प समर्थकले लकडाउनको विरोधमा र्यालीसमेत निकालेका थिए। कोरोना अनियन्त्रित ढङ्गमा फैलन थालेपछि लकडाउन विरोधी पाखा लागेका थिए।
त्यतिमात्र कहाँ हो र ! अमेरिका कोरोनाको प्रारम्भिक चपेटामा परिरहेका बखत उनले यसलाई ‘चिनियाँ भाइरस’ भनिदिए। केही दिनपछि आफ्नो भनाइ उनले सच्याए। र, आफूलाई निर्वाचनमा चीनको सहयोग आवश्यक रहेको समेत भन्न भ्याए। महाशक्ति बन्ने दौडमा रहेको चीनका बारेमा ट्रम्पको भनाइ कुनबेला, कसरी परिवर्तन हुन्छ कसैले अनुमान पनि गर्न सक्दैन।
यिनै नेताले सोमबार ह्वाइट हाउसमा भनेको कुरा झनै अचम्म लाग्दो हुन पुगेको छ। उनले अमेरिकामा कोरोनाबाट मर्नेको सङ्ख्या रुस, चीन, भारत तथा ब्राजिलमा भन्दा निकै कम रहेको बताएका छन्। अमेरिकाको परीक्षण प्रणाली अन्यत्र भन्दा अब्बल रहेको पनि उनको दाबी थियो।
स्मरणीय छ, अमेरिकामा सङ्क्रमितको सङ्ख्या करिब ३५ लाख पुगेको छ भने कोरोनाबाट मर्ने एक लाख ४० हजार पुग्न लागिसकेको छ। सङ्क्रमित तथा मृत्यु हुनेको यो सङ्ख्या अन्य देशको तुलनामा निकै बढी हो।
विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)का कतिपय भनाइको समेत उनले आलोचना गरे। त्यति मात्र होइन, उक्त संस्थालाई आफ्नो मुलुकले दिँदै आएको सहयोग रोके र अन्त्यमा डब्ल्यूएचओबाटै बाहिरिएको घोषणा गरे। डब्ल्यूएचओले चीनको मात्रै चिन्ता गरेको उनको आरोप रहेको छ।
उनको नयाँ जिकिर छ, ट्रम्प प्रशासनले कोरोनाको जाँच अभियान तीव्र गरेको छ। जति जाँच गर्यो उति बढी सङ्क्रमित भेटिने उनको तर्क छ। उनले एक प्रश्नको जवाफमा भने, ‘‘हामी असाध्यै राम्रो काम गरिरहेका छौं।’’
अमेरिकाले भ्याक्सिन बनाउने काममा पनि नेतृत्व गरिरहेको उनको भनाइ थियो। ‘‘हामी छिट्टै यसको उपचारको विषयमा खुसीको खबर सुन्न पाउने छौं,’’ उनले भने, ‘‘हामीले गरेको परीक्षण संसारमै सबैभन्दा राम्रो छ।’’
उनले ब्राजिलमा निकै ठूलो समस्या परिरहेको बताए। त्यहाँ अमेरिकामा जसरी जाँच गर्न नसकिएको उनको भनाइ थियो।
ट्रम्पले कोरोनाका विषयमा चीनलाई संसारले कहिल्यै माफी गर्न नसक्नेसमेत बताए।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपतिको निर्वाचन हुँदैछ। रिपब्लिकन पार्टीका ट्रम्पलाई यस पटकको निर्वाचनमा डेमोक्रेटिक नेता जो बाइडेनसँगको प्रतिष्पर्धा निकै कडा हुने आकलन गर्न थालिएको छ।
अमेरिकामा कोरोनाबाट नागरिकको सुरक्षा गर्ने सवालमा ट्रम्प प्रशासन असफल भएको आरोप लाग्दै आएको छ। यही कारण पनि ट्रम्प कोरोनाको विषयमा बढी झुट बोलिरहेको विश्लेषकहरुको भनाइ छ। उनका भनाइ सुन्दा यस्तो लाग्छ– अमेरिकाले कोरोनालाई जितिसकेको छ !
(एजेन्सीहरुको सहयोगमा)
" /> काठमाडौं। ठूला हुन् कि साना, धनी हुन् कि गरिब देशका अधिकांश शीर्ष अधिकारी जनतासामु झुटो बोलिरहेका हुन्छन्। कहिले पूरा गर्न नसकिने योजना सुनाइरहेका हुन्छन् त कहिले सपनाको व्यापार गरिरहेका हुन्छन्।संसार कोरोना सङ्क्रमण र यसबाट कसरी बाँच्ने भन्ने चिन्तामा छ। तर राजनेताहरू भने सत्तामा टिकिरहन र आफ्नो प्रभाव कायम राखिरहन झुटको सहारा लिने गर्छन्। महाशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाकालमा यही महामारीका सम्बन्धमा बोलेका झुटकै सूची लामो हुन सक्छ।

">