काठमाडौं। स्याङ्जाको कालीगण्डकीमा पहिरोमा पुरिएर घाइते भएका एकजनाको मृत्यु भएको छ।
कालीगण्डकी गाउँपालिका-४ स्थित खहरेमा माथिबाट खसेको पहिरोमा पुरिएर घाइते भएका ६५ वर्षीय इमानसिंह रानाको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले उनको उपचारका क्रममा स्वास्थ्य चौकीमा मृत्यु भएको पुष्टि गरे।
उनीसहित अन्य दुई जनाको उद्धार गरिएको थियो। उनीहरुको उपचार जारी छ। उक्त पहिरोमा पुरिएर अन्य तीनजना बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोलीले खोजी कार्य जारी राखेको छ।
बेपत्ता हुनेमा स्थानीय प्रेमचन्द्र पाण्डे, टीका थापा र जिमानसिंह थापा रहेका छन्। प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार सोही ठाउँका चार परिवार विस्थापित भएका छन्।
घरमाथिबाट पहिरो जान थालेपछि ती चार परिवारका मानिसहरुलाई उद्धार गरेर अन्यत्र सारिएको प्रहरीले जनाएको छ।