डोटी। आफूहरुलाई दश लाख दिएमा साढे तीन करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा आदर्श गाउँपालिका-३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया र दार्चुलाको लेकम गाउँपालिका-१ का ३२ वर्षीय पदमराज भट्ट छन्।
आफूहरु नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको भन्दै उनीहरूले कैलाली टीकापुर नगरपालिकाकी ४४ वर्षीया महिलालाई १० लाख दिएमा साढे तीन करोडको ऋण पास गरिदिन्छु भन्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
उनीहरू दुवैजनालाई डोटीको दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाको साथबाट नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचरसमेत बरामद गरिएकाको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताए। रासस
" /> डोटी। आफूहरुलाई दश लाख दिएमा साढे तीन करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा आदर्श गाउँपालिका-३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया र दार्चुलाको लेकम गाउँपालिका-१ का ३२ वर्षीय पदमराज भट्ट छन्।

">