काठमाडौं। सर्बियामा लकडाउनको विरोधमा सर्वसाधारण सडकमा उत्रिएका छन्। कोरोना भाइरसबाट जोगिनका लागि सर्बिया सरकारले लागू गरेको दोस्रो पटकको लकडाउनको विरोधमा उत्रिएका ७१ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी निर्देशक भ्लादिमिर रेबिकले शुक्रबार साँझ बेलग्राड सहरको बीचमा रहेको संसद् भवनमा विद्रोहीले प्रवेश गर्ने प्रयास गरेको बताए। सोही क्रममा १४ प्रहरीसमेत घाइते भएका थिए।
साताको शुरूमा दुई पटक यस्तो झडप भएको थियो। पहिलो पटक प्रदर्शनकारी सडकमा उत्रिँदा सर्बियामा कोरोना सङ्क्रमण उकालो लागिरहेको थियो र त्यहाँका राष्ट्रपति अलेक्जेन्डर वुसिकले लकडाउन कडा बनाएको थियो।
सर्बिया सरकारले आफ्नो सत्ता बलियो पार्न लकडाउनको सहारा लिएको आरोप छ। त्यहाँ २१ जुनमा संसदीय निर्वाचन हुँदैछ। वुसिकले आरोपको खण्डन गरेका छन्।
सर्बियाली अधिकारीहरुले लकडाउन केही खुकुलो गरिने बताएका छन्। त्यहाँ मार्चदेखि अहिलेसम्म कोभिड-१९ बाट १७ हजार तीन सय सङ्क्रमित भएका छन् भने तीन सय ५२ जनाको मृत्यु भएको छ। एजेन्सी
" /> काठमाडौं। सर्बियामा लकडाउनको विरोधमा सर्वसाधारण सडकमा उत्रिएका छन्। कोरोना भाइरसबाट जोगिनका लागि सर्बिया सरकारले लागू गरेको दोस्रो पटकको लकडाउनको विरोधमा उत्रिएका ७१ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी निर्देशक भ्लादिमिर रेबिकले शुक्रबार साँझ बेलग्राड सहरको बीचमा रहेको संसद् भवनमा विद्रोहीले प्रवेश गर्ने प्रयास गरेको बताए। सोही क्रममा १४ प्रहरीसमेत घाइते भएका थिए।

">