काठमाडौं। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ खहरेमा पहिरोमा पुरिएर तीनजना बेपत्ता भएका छन्।
पहिरोमा पुरिएका तीनजनाको भने तत्कालै सकुशल उद्धार गरिएको छ। आज बिहान साढे ९ बजेतिर बस्तीमाथिबाट खसेको पहिरोले तीनजना बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको बताए।
घटनास्थलतर्फ प्रहरी उपरीक्षकको कमाण्डमा र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट समेत थप प्रहरी टोली खटिएको छ।
बेलटारीबाट नेपाली सेनाको टोली, वालिङबाट सशस्त्र प्रहरीको टोली समेत परिचालन भएर खोजी कार्य भइरहेको छ। बेपत्ता हुनेहरूमा कालिगण्डकी गाउँपालिका- ४ खहरे बस्ने प्रेमचन्द्र पाण्डे, जीमानसिंह थापा र टिका बहादुर थापा छन्।
पहिरोमा पुरिएका कालिगण्डकी गाउँपालिका- ४ खहरेका हुमनाथ पाण्डे, ईमान सिंह राना र बिरबहादुर रानाको उद्धार गरिएको छ। उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै स्याङजाको चापाकोट नगरपालिका- ३ का २५ वर्षीय रामु प्रसाद पौडेल हिजो बेलुका खेत जोत्न निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ। खोलाले बगाएको आशंकामा उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।
" /> काठमाडौं। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ खहरेमा पहिरोमा पुरिएर तीनजना बेपत्ता भएका छन्।पहिरोमा पुरिएका तीनजनाको भने तत्कालै सकुशल उद्धार गरिएको छ। आज बिहान साढे ९ बजेतिर बस्तीमाथिबाट खसेको पहिरोले तीनजना बेपत्ता भएका हुन्।

">