बुटवल। अविरल वर्षाका कारण खसेको पहिरोका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन्।
गएरातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्लीनारायण पाण्डेले बताए।
यस्तै बुटवल-पाल्पा खण्डको दोभानमा हिजोदेखि पहिरो हटाउन नसक्दा अवरुद्ध सिद्धार्थ राजमार्ग पनि पूर्णरुपले बन्द रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।
बुटबल-पाल्पा खण्डको तिनाउ गाउँपालिका-३, पैठेडाँडा क्षेत्रमा सडकमाथिबाट खसेको सुख्खा पहिरोसहित ढुङ्गा खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो।
सोमबार नै पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयास गरिए पनि अविरल वर्षा र पहिरोसहित आएका ठूला ढुङ्गा भएकाले समस्या भएको छ। ढुङ्गा फुटालेर पहिरो हटाउने र सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गमा सवारी साधन रोकिएका छन्। रासस
" /> बुटवल। अविरल वर्षाका कारण खसेको पहिरोका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन्।गएरातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

">