कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले व्यावसायिक किसानलाई कृषि सामग्री वितरण गरेको छ। नगरका सात पशुपालक किसानलाई घाँस उत्पादनका लागि घाँसको बीउ र पम्पसेट वितरण गरेको छ। सात पशुफार्मका सञ्चालकलाई नगरप्रमुख नेत्रराज अधिकारीले सामग्री वितरण गरेका हुन्।
नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को पशु विकासतर्फ पशु आहार कार्यक्रमअन्तर्गत घाँसको बीउ उत्पादन स्रोत केन्द्र तथा नमूना नर्सरी स्थापना शीर्षकअन्तर्गत नगरमा सञ्चालनमा रहेका उन्नत कृषि तथा पशुपालन फार्मका जीवलाल काफ्ले, भितिरियाको श्री सोनवागढ बहुउद्देश्य कृषि फार्मका सञ्चालक राजु खराल, सेमरीको कपिल गाई तथा भैँसीपालन फार्म सञ्चालक कपिल यादव, ककरहवाको एग्रिकल्चर पोल्ट्री फार्म सञ्चालक सुरज पाण्डे, मामा भान्जा बहुउद्देश्य कृषि तथा पशु फार्म सञ्चालक ताराप्रसाद घिमिरे, सिद्ध पशु तथा कृषि फार्म सञ्चालक वीरबहादुर सुनार र इन्द्रप्रताप सेनलाई नगरप्रमुख अधिकारीले पम्पसेट, घासँको बीउ वितरण गरेका हुन्।
कार्यक्रममा नगरप्रमुख अधिकारीले किसानले उन्नत जातको घाँस उत्पादन गरी पुनः नगरलाई २० प्रतिशत निःशुल्क बीउ प्रदान गर्नुपर्ने बताए। उनका अनुसार यसबाट अर्को वर्ष उन्नत बीउ खरिद गर्न नपर्ने र अन्य किसानलाई वितरण गर्न सजिलो हुनेछ। रासस
" /> कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले व्यावसायिक किसानलाई कृषि सामग्री वितरण गरेको छ। नगरका सात पशुपालक किसानलाई घाँस उत्पादनका लागि घाँसको बीउ र पम्पसेट वितरण गरेको छ। सात पशुफार्मका सञ्चालकलाई नगरप्रमुख नेत्रराज अधिकारीले सामग्री वितरण गरेका हुन्।नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को पशु विकासतर्फ पशु आहार कार्यक्रमअन्तर्गत घाँसको बीउ उत्पादन स्रोत केन्द्र तथा नमूना नर्सरी स्थापना शीर्षकअन्तर्गत नगरमा सञ्चालनमा रहेका उन्नत कृषि तथा पशुपालन फार्मका जीवलाल काफ्ले, भितिरियाको श्री सोनवागढ बहुउद्देश्य कृषि फार्मका सञ्चालक राजु खराल, सेमरीको कपिल गाई तथा भैँसीपालन फार्म सञ्चालक कपिल यादव, ककरहवाको एग्रिकल्चर पोल्ट्री फार्म सञ्चालक सुरज पाण्डे, मामा भान्जा बहुउद्देश्य कृषि तथा पशु फार्म सञ्चालक ताराप्रसाद घिमिरे, सिद्ध पशु तथा कृषि फार्म सञ्चालक वीरबहादुर सुनार र इन्द्रप्रताप सेनलाई नगरप्रमुख अधिकारीले पम्पसेट, घासँको बीउ वितरण गरेका हुन्।
कार्यक्रममा नगरप्रमुख अधिकारीले किसानले उन्नत जातको घाँस उत्पादन गरी पुनः नगरलाई २० प्रतिशत निःशुल्क बीउ प्रदान गर्नुपर्ने बताए। उनका अनुसार यसबाट अर्को वर्ष उन्नत बीउ खरिद गर्न नपर्ने र अन्य किसानलाई वितरण गर्न सजिलो हुनेछ। रासस
">