डडेलधुरा। अजयमेरु गाउँपालिकामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना भएको छ।
गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामै प्रयोगशाला स्थापना भएकाले अब धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाचँ गर्न पठाउनु पर्ने समस्या टरेको बताउनुभयो।
पानीमा धमिलोपन, रासायनिक पदार्थको मात्रा, दिसाजन्य पदार्थ भए नभएको र क्लोरिनको मात्रा प्रयोगशालामा जाँच गरिने छ।
प्रयोगशालाको स्थापनाबाट दूषित खानेपानीका कारण बेलाबेलामा हुने झाडापखाला, आउँ र हैजाजस्ता रोगबाट बच्न सकिने गाउँपालिकाले जनाएको छ। रासस
" /> डडेलधुरा। अजयमेरु गाउँपालिकामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना भएको छ।गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामै प्रयोगशाला स्थापना भएकाले अब धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाचँ गर्न पठाउनु पर्ने समस्या टरेको बताउनुभयो।

">