काठमाडौं। नेपालभित्र हुने आपराधिक क्रियाकलापमा विदेशी नागरिकहरूको संलग्नता बढ्दो छ। अनलाइन ठगीदेखि बैंकका एटीएम ह्याकिङसम्म विदेशीहरू सक्रिय छन्। पछिल्ला तथ्यांकहरूले नेपालभित्र हुने आपराधिक क्रियाकलापमा विदेशीमध्ये पनि छिमेकी राष्ट्रका नागरिकहरू सबैभन्दा बढी संलग्न रहेको पाइएको छ।
“सबैभन्दा बढी लागूऔषध ओसारपसारमा विदेशीको संलग्नता भएको पाइएको छ। त्यसपछि अनलाइन तथा बैंकका एटीएम ह्याकिङ, बाल यौनदूराचार लगायतका अपराधमा विदेशी संलग्न रहेको देखिन्छ,” कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले देखापढीसँग भने।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अहिले नेपालमा ४३ भन्दा बढी देशका नागरिक कैदी–बन्दीका रूपमा रहेका छन्। नेपालका विभिन्न जेलमा ती देशका एक हजार २८४ जना विभिन्न अपराधमा दोषी ठहर भई सजाय काटिरहेका छन्। “नेपालमा सबैभन्दा बढी अवैध लागूऔषध ओसारपसारमा विदेशी नागरिक संलग्न रहेको देखिन्छ। यसमा पनि सबैभन्दा ठूलो संख्या भारतीयहको रहेको छ,” नेपाल प्रहरीका प्रवक्ता, डीआईजी निरजबहादुर शाहीले भने।
विभिन्न अपराधमा संलग्न विदेशी जो अहिले नेपालका विभिन्न जेलमा कैद सजाय भुक्तान गरिरहेका छन् उनीहरूमा सबैभन्दा ठूलो संख्या भारतीय, भुटानी, चिनियाँ र पाकिस्तानीको रहेको छ। यी चारवटै देश नेपालका सबैभन्दा नजिकका छिमेकी हुन्। नेपालको जेलमा रहेका कूल विदेशी नागरिकमध्ये एक हजार ७८ जना भारतीय छन्। अर्थात्, नेपालमा रहेका कूल विदेशी कैदी–बन्दीमध्ये ८३.९५ प्रतिशत भारतीय छन्।
नेपालको जेलमा भारतीय पछि सबैभन्दा ठूलो संख्या भुटानीको छ। नेपालको जेलमा ५८ जना (४.५ प्रतिशत) भुटानीले कैद सजाय भुक्तान गरिरहेका छन्। नेपालका जेलमा रहेका विदेशी नागरिकमा तेस्रो ठूलो संख्या चिनियाँको छ। ३० जना चिनियाँहरूले अहिले नेपालको जेलमा सजाय भुक्तान गरिरहेका छन्। सजाय काटिरहेका चिनियाँहरू धेरैजसो एटीएम ह्याकिङमा संलग्न रहेको पाइएको छ। नेपालको जेलमा २३ जना पाकिस्तानी रहेका छन्।
विभागको तथ्यांकअनुसार अहिले नेपालको जेलमा बोलिभियाका ८, नाइजेरियाका ८, बंगलादेशका ७, फ्रान्सका ५, मलेसियाका ४, रोमिानियाका ४, अमेरिकाका ४, जर्मनीका ४, थाइल्याण्डका ४, दक्षिण अफ्रिकाका ३ र बेलायतका ३ जना नागरिकले कैद सजाय भुक्तान गरिरहेका छन्।
इरान, तान्जानिया, नेदरल्याण्ड्स, सिंगापुर, अस्ट्रिया, दक्षिण कोरिया र आइभरीकोस्टका दुई–दुई जना नागरिक अहिले नेपालको जेलमा रहेका छन्। डेनमार्क, पपुवा न्युगिनी, सेनेगल, माली, रूस, जोर्डन, साउदी अरब, म्यानमार, टोगो, सर्विया, जाम्बिया, पोर्चुगल, ब्राजिल, बेलारूस, जापान, नामेविया, फिलिपिन्स, भेनेजुयला, क्यानेडियन, स्पेन र अस्ट्रेलियाका एक–एक जना नागरिक नेपालको जेलमा रहेका छन्। यी बाहेक अन्य देशका पाँच जना कैदी–बन्दी पनि नेपालमा रहेका छन्।
" /> काठमाडौं। नेपालभित्र हुने आपराधिक क्रियाकलापमा विदेशी नागरिकहरूको संलग्नता बढ्दो छ। अनलाइन ठगीदेखि बैंकका एटीएम ह्याकिङसम्म विदेशीहरू सक्रिय छन्। पछिल्ला तथ्यांकहरूले नेपालभित्र हुने आपराधिक क्रियाकलापमा विदेशीमध्ये पनि छिमेकी राष्ट्रका नागरिकहरू सबैभन्दा बढी संलग्न रहेको पाइएको छ।“सबैभन्दा बढी लागूऔषध ओसारपसारमा विदेशीको संलग्नता भएको पाइएको छ। त्यसपछि अनलाइन तथा बैंकका एटीएम ह्याकिङ, बाल यौनदूराचार लगायतका अपराधमा विदेशी संलग्न रहेको देखिन्छ,” कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले देखापढीसँग भने।

">