भोजपुर। आर्थिक वर्षको अन्तिम हुन लाग्दासमेत रकम भुक्तानी नपाएपछि पूर्वाधार विकास कार्यालयमा निर्माण व्यसायीहरूले ताला लगाएका छन्।
काम गरे अनुसार मुल्यांकन गरी बिल पेश गरेको तर रकम भुक्तानी नगरेको भन्दै उनीहरूले कार्यालयमा तालाबन्दी गरेका हुन्।
लकडाउन तथा वर्षातको बाबजुद पनि समयमा नै काम सकेर कागजात पेश गर्दा पनि रकम भुक्तानी नदिएपछि दबाबका लागि कार्यालयमा तालाबन्दी गरिएको मार्सेली निर्माण सेवाका सञ्चालक श्याम श्रेष्ठले बताए।
रकम भुक्तानी नभएपछि कामदार र निर्माण सामग्री व्यवसायीलाई भुक्तानी दिन नसकिएको यूडी बिल्डर्सका सञ्चालक उत्तम खड्काले बताए।
काम नसक्दा कालोसूचीमा राख्ने तर समयमै काम सकेर प्रक्रिया थाल्दा पनि भुक्तानी नहुँदा समस्यामा परेको निर्माण व्यवसायीहरूको भनाइ छ।
उनीहरूका अनुसार पूर्वाधार विकास कार्यालयबाट करीब १५ करोड रकम भुक्तानी लिन बाँकी छ।
पूर्वाधार कार्यालय, भोजपुरले भने २५ असारसम्म सबैको भुक्तानी सहजरूपमा गरिएको भएपनि प्रदेशबाट हाललाई भुक्तानी रोक्नु भन्ने निर्देशन आएका कारण निकासा रोकिएको जनाएको छ।
कार्यालय प्रमुख राजनराज रेड्डीले केही भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाएको र सो कार्यालयले पनि भुक्तानी नपठाउनु भनेका कारण रकम भुक्तानी हुन नसकेको बताए।
पुर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत भोजपुरमा ३० र धनकुटामा २५ योजना संचालनमा छन्।
" /> भोजपुर। आर्थिक वर्षको अन्तिम हुन लाग्दासमेत रकम भुक्तानी नपाएपछि पूर्वाधार विकास कार्यालयमा निर्माण व्यसायीहरूले ताला लगाएका छन्।काम गरे अनुसार मुल्यांकन गरी बिल पेश गरेको तर रकम भुक्तानी नगरेको भन्दै उनीहरूले कार्यालयमा तालाबन्दी गरेका हुन्।

">