काठमाडौं। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका शिक्षकलाई निलम्बन नगरी तलबभत्तालगायतका सुविधा दिएबापत अभियुक्त शिक्षकसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बैतडीको बटैराज प्राविका शिक्षक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका थिए।
फौजदारी अभियोगमा दोषी ठहर भएका कर्मचारी सरकारी सेवाबाट स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। तर, शिक्षक भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा दोषी ठहर भइसकेपछिको तलब भत्ताबापतको ८३ हजार १०० रूपैयाँ बुझी लिएको अख्तियारको अनुसन्धानमा देखिएको थियो।
अख्तियारले कानुनविपरीत तलबभत्ता लिने शिक्षक र सहमति दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुवैमाथि ८३ हजार १०० रूपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
" /> काठमाडौं। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका शिक्षकलाई निलम्बन नगरी तलबभत्तालगायतका सुविधा दिएबापत अभियुक्त शिक्षकसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।बैतडीको बटैराज प्राविका शिक्षक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका थिए।

">