काठमाडौं। आपसी मिलोमतोमा कानुन उल्लंघन गर्दै बैतडीको एक विद्यालयका शिक्षकले नियमित तलब भत्तालगायतका सुविधा लिए÷दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि कानुनबमोजिम निलम्बनमा पर्नुपर्ने भए पनि त्यसो नगरी जशलिङ्ग प्राविका शिक्षक महानन्द कपाडीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति हरिनाथसमेतको सहमतिमा तलब भत्ता सुविधा लिएका थिए।
अख्तियारले अनुसन्धानबाट गैरकानुनी रूपमा तलब भत्ता प्रदान कपाडीद्धय र हरिनाथले गरी भ्रष्टाचार गरेको ठहर भएको जनाएको छ। अख्तियारका अनुसार कपाडीले अवैधानिक रूपमा ८१ हजार ९०० रूपैयाँ तलब भत्ता लिएर भ्रष्टाचार गरेका थिए।
उनीहरू तीनै जनालाई ८१ हजार ९०० रूपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा मुद्दा चलाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
" /> काठमाडौं। आपसी मिलोमतोमा कानुन उल्लंघन गर्दै बैतडीको एक विद्यालयका शिक्षकले नियमित तलब भत्तालगायतका सुविधा लिए÷दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि कानुनबमोजिम निलम्बनमा पर्नुपर्ने भए पनि त्यसो नगरी जशलिङ्ग प्राविका शिक्षक महानन्द कपाडीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति हरिनाथसमेतको सहमतिमा तलब भत्ता सुविधा लिएका थिए।

">