काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्टविरूद्ध घुस लेनदेनको अभियोगमा मुद्दा चलाएको छ।
जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दामा सहजीकरण गर्ने भन्दै इन्स्पेक्टर कार्कीले कानुन व्यवसायी विष्टमार्फत् सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा उनीहरू रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ।
सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले कार्की र विष्टलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिअनुसार दुवै जनाविरुद्ध जनही ५० हजार रूपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।