काठमाडौं। महाेत्तरी र अर्घाखाँचीमा करेन्ट लाग्दा दुईजनाकाे मृत्यु भएकाे छ।
महोत्तरीको औरही नगरपालिका-४, कबिलासा बस्ने ५० वर्षीय जिबछ साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ।
आफ्नै घरमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै अर्घाखाँचीको शीतगंगा नगरपालिका-९, थारगटका १२ वर्षीय मीनबहादुर पुनको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ।
घर नजिकै रहेको रङसिङ खोलामा बिजुलीको मुख्य तारमा तार अड्काई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। महाेत्तरी र अर्घाखाँचीमा करेन्ट लाग्दा दुईजनाकाे मृत्यु भएकाे छ।महोत्तरीको औरही नगरपालिका-४, कबिलासा बस्ने ५० वर्षीय जिबछ साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ।

">