काठमाडौं। पछिल्लो २४ घण्टामा बाढी र पहिरोका घटनामा परी १३ जनाको मृत्यु भएको छ। ती घटनामा १४ जना घाइते भएका छन् भने २१९ जना हराइरहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जाजरकोट बारेकोट गाउँपालिका-४ जिरीमा २५ असारमा गएको पहिरोमा वेपत्ता भएका मध्ये १० जनाको शव भेटिएको छ। उनीहरूको सनाखत समेत भएको छ। उक्त घटनामा हराएका अझैं २ जना भेटिएका छैनन्।
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा अविरल वर्षाको कारण पहिरो गई आठ घर बगाउँदा ११ जना बेपत्ता र चार जना घाइते भएका छन्। तनहुँको रिसङ गाउँपालिका-८ पल्टयाङ भैसिलिकी भन्ने स्थानमा पहिरोले दुईवटा घर पुरिदाँ पाँच जना बेपत्ता भएका छन्। सोही घटनामा एक जना घाइते भएको प्राधिकरणले जनाएको छ।
म्यागदे गाउँपालिका–६ बेलौते डाँडास्थित् एक घर पहिरोले भत्कदा एक किशोरीको मृत्यु भएको छ। मोरङको केराबारी गाउँबालिका–२ सिंहदेवी चिसाङखोलामा पहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा बाढी र पहिरोका घटनामा परी १३ जनाको मृत्यु भएको छ। ती घटनामा १४ जना घाइते भएका छन् भने २१९ जना हराइरहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जाजरकोट बारेकोट गाउँपालिका-४ जिरीमा २५ असारमा गएको पहिरोमा वेपत्ता भएका मध्ये १० जनाको शव भेटिएको छ। उनीहरूको सनाखत समेत भएको छ। उक्त घटनामा हराएका अझैं २ जना भेटिएका छैनन्।

">