झापा। नक्कली जस्तो देखिने एक लाख ४४ हजार भारतीय नोटसहित तीन जनालाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कन्काई नगरपालिका–४ बस्ने २८ वर्षीय खुर्सैद आलम, सोही नगरपालिका–३ बस्ने ४३ वर्षीय मौसम श्रेष्ठ र झापा गाउँपालिका–५ बस्ने २४ वर्षीय एराजुल हक रहेका छन् ।
खुर्सैद आलम र मौसम श्रेष्ठ मिलेर भारतीय नक्कली नोट कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मौसम श्रेष्ठलाई उनको घरमै फेला पारी तलासी गर्दा ५०० दरका २८८ थानमा रहेका उक्त नोट फेला पारी पक्राउ गरेको हो।
साथै, उक्त कारोबारमा खुर्सैद आलम र एराजुल हक समेत संलग्न रहेको अनुसन्धानबाट खुलेपछि उनीहरूलाई सुरुङ्गा बजारबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट २० हजार ५०० नेपाली रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ।
" /> झापा। नक्कली जस्तो देखिने एक लाख ४४ हजार भारतीय नोटसहित तीन जनालाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कन्काई नगरपालिका–४ बस्ने २८ वर्षीय खुर्सैद आलम, सोही नगरपालिका–३ बस्ने ४३ वर्षीय मौसम श्रेष्ठ र झापा गाउँपालिका–५ बस्ने २४ वर्षीय एराजुल हक रहेका छन् ।खुर्सैद आलम र मौसम श्रेष्ठ मिलेर भारतीय नक्कली नोट कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मौसम श्रेष्ठलाई उनको घरमै फेला पारी तलासी गर्दा ५०० दरका २८८ थानमा रहेका उक्त नोट फेला पारी पक्राउ गरेको हो।
साथै, उक्त कारोबारमा खुर्सैद आलम र एराजुल हक समेत संलग्न रहेको अनुसन्धानबाट खुलेपछि उनीहरूलाई सुरुङ्गा बजारबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट २० हजार ५०० नेपाली रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ।
">