रामेछाप। प्रहरीले रामेछापमा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। रामेछाप नगरपालिका-६ डाङसिंटार बस्ने ४० वर्षीय ईन्द्रबहादुर थापा मगरलाई भरुवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको हो।
थापा मगरले मकै बारीमा बाँदर धपाउनको लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने १९ वर्षीय आकाश आले मगर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
" /> रामेछाप। प्रहरीले रामेछापमा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। रामेछाप नगरपालिका-६ डाङसिंटार बस्ने ४० वर्षीय ईन्द्रबहादुर थापा मगरलाई भरुवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको हो।थापा मगरले मकै बारीमा बाँदर धपाउनको लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने १९ वर्षीय आकाश आले मगर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
">