मेडिकल कलेजलाई कारबाही गर्न गृहलाई पत्राचार
काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

निजी कलेजले निर्देशनअनुसार शुल्क फिर्ता नगरेपछि कारबाहीका लागि पत्राचार गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको सचिवालयले जनाएको छ।

‘मेडिकल शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबाट सरकारले तोकेभन्दाा बढी शुल्क लिएका कलेजलाई कानूनबमोजिम आवश्यक कारबाही गर्न अनुरोध।’ पत्रमा भनिएको छ।

मन्त्रिपरिषद्ले असोज २०७५ मा शुल्क बढी लिए विद्यार्थी तथा अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने निर्णय गरेको थियो ।

उजुरी अध्ययन गरेर प्रशासनलाई कलेजविरुद्ध ठगी मुद्दा चलाउन निर्देशन दिइएको थियो।

एक महीनाअघि गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री पोखरेलको उपस्थितिमा दुई मन्त्रालयका पदाधिकारी बैठकले निजी मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो।

कलेजहरुले निर्देशन अवज्ञा गर्दै उल्टै आगामी शैक्षिक सत्रमा भर्ना रोक्ने चेतावनी दिँदै आएका छन्।

पोखराको गण्डकी मेडिकल कलेजका १० जना सञ्चालकविरुद्ध ठगी आरोपमा मुद्दा चलिरहेको छ।

विद्यार्थी आन्दोलित बनेका चितवन, भैरहवाको यूनिभर्सल र वीरगंजको नेसनल मेडिकल कलेजविरुद्ध विद्यार्थीले उजुरी दिँदासमेत कारबाही प्रक्रिया अघि नबढेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्