चितवन। पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ।
गर्भवतीको शल्यक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत शुरू गरेको हो। हालै मात्र सो अस्पताललाई बागमती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको थियो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेका अनुसार ३५ वर्षीया एक चेपाङ महिलाको सफल शल्यक्रिया गरिएको हो।
अस्पतालका सर्जन डा. दिपेन्द्र मल्लिकको नेतृत्वको समूहले शल्यक्रिया गरेको हो। अब त्यस्ता शल्यक्रिया नियमित रूपमा गरिने छ। शल्यक्रिया गर्न अन्य बिरामीले पनि नाम टिपाएका छन्।
अस्पतालमा केही वर्ष अगाडि हाडजोर्नीको शल्यक्रिया गरिएको भएपनि हाल प्रसूति बाहेक जटिल प्रकृतिका शल्यक्रिया गरिएको थिएन।
पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय अस्पताल भएको हो। हाल १५ शय्या रहेको सो अस्पताल प्रदेशस्तरको भएसँगै ५० शय्या क्षमताको बनाउने तयारी छ।
२०५८ सालमा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो। हाल सो अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्।
अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, प्याथोलोजी, डायलासिस, भिडियो एक्सरे, एक्सरे जस्ता सेवा उपलब्ध छन्। अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आएको छ।
अहिले अस्पतालको तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ। रासस
" /> चितवन। पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ।गर्भवतीको शल्यक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत शुरू गरेको हो। हालै मात्र सो अस्पताललाई बागमती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको थियो।

">