काठमाडौं। चीनमा आएको भीषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ।
यहाँका १४१ जना व्यक्ति बेपत्ता छन्। तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ।
बाढीबाट तीन करोड ८० लाख व्यक्ति प्रभावित भएका छन्। अविरल वर्षापछि चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको छ। पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ।
चीनको याङ्चेसहितका कैयौँ नदीमा पानीको सतह बढेको छ। बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ।
बाढीले २८ हजारभन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ। ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ। बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरेका छन्। एएनआई
" /> काठमाडौं। चीनमा आएको भीषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ।यहाँका १४१ जना व्यक्ति बेपत्ता छन्। तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ।

">