काठमाडौं। छिमेकी भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख नाघिसकेको छ। यही भाइरसका कारण २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यिनै आँकडालाई लिएर चिन्तित बनेका विपक्षी काङ्ग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले सङ्क्रमितको सङ्ख्या, मृत्यु हुनेहरू, कोरोनाबाट बढी प्रभावित अन्य मुलुकको अवस्थालगायत समेट्दै एउटा चार्ट नै बनाएर प्रश्न गरेका छन्– के कोरोनाविरुद्धको लडाइँमा भारत सही पोजिसनमा छ?
गान्धीको प्रश्नको उत्तर निश्चित रूपमा नकारात्मक नै आउने छ। उक्त देशमा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको देख्न सकिन्छ। उनले सेयर गरेको चार्टमा पछिल्लो सात दिनमा अमेरिका, भारत, दक्षिण कोरिया र न्यूजिल्यान्डको तुलनात्मक अवस्था देखाइएको छ। चार्टमा भारतमा कोरोना ग्राफ तीव्र गतिमा बढिरहेको स्पष्ट हुन्छ।
अमेरिकामा सङ्क्रमण बढिरहेको छ भने न्यूजिल्यान्ड, दक्षिण कोरियामा अवस्था नियन्त्रणमा छ। संसारलाई हेर्दा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३० लाख नाघेको छ भने पाँच लाख ७१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। उता, ७५ लाखभन्दा बढी मानिसले यो रोगलाई जितिसकेका छन्। अमेरिका अहिलेसम्म नै ‘हटस्पट’ रहेको छ भने भारत नयाँ हटस्पट बन्ने खतरामा छ। अमेरिकामा करिब ३५ लाख सङ्क्रमित छन्, एक लाख ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
भारत नयाँ हटस्पट बन्यो भने नेपालजस्ता खुल्ला सीमाना भएका मुलुक झनै बढी खतरामा रहने अनुमान गर्न थालिएको छ। केही समयअघि भारतमा काम गरिरहेका नेपाली कामदार घर फर्कने क्रममा नेपालमा सङ्क्रमितको दर ह्वात्तै बढेको थियो। केही सातादेखि भारतबाट नेपाल आउनेको सङ्ख्या घटेसँगै सङ्क्रमित पनि घट्न थालेका छन्। (एजेन्सी)
" /> काठमाडौं। छिमेकी भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख नाघिसकेको छ। यही भाइरसका कारण २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यिनै आँकडालाई लिएर चिन्तित बनेका विपक्षी काङ्ग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले सङ्क्रमितको सङ्ख्या, मृत्यु हुनेहरू, कोरोनाबाट बढी प्रभावित अन्य मुलुकको अवस्थालगायत समेट्दै एउटा चार्ट नै बनाएर प्रश्न गरेका छन्– के कोरोनाविरुद्धको लडाइँमा भारत सही पोजिसनमा छ?गान्धीको प्रश्नको उत्तर निश्चित रूपमा नकारात्मक नै आउने छ। उक्त देशमा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको देख्न सकिन्छ। उनले सेयर गरेको चार्टमा पछिल्लो सात दिनमा अमेरिका, भारत, दक्षिण कोरिया र न्यूजिल्यान्डको तुलनात्मक अवस्था देखाइएको छ। चार्टमा भारतमा कोरोना ग्राफ तीव्र गतिमा बढिरहेको स्पष्ट हुन्छ।

">