काठमाडौं। दक्षिण अफ्रिकाले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने उद्देश्यले मदिरा बिक्रीमा पुनः रोक लगाएको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्रताका साथ फैलिन थालेपछि दक्षिण अफ्रिकी सरकारले सामान्य जनजीवनमा थुप्रैखाले प्रतिबन्ध लगाएको छ।
पछिल्लो दुई सातादेखि दक्षिण अफ्रिकामा नयाँ संक्रमितको संख्या १० हजारभन्दा माथि रहँदै आएको छ। दक्षिण अफ्रिकामा अहिलेसम्म दुई लाख ७६ हजार २४२ जनामा संक्रमण पुष्टि भइसकेको छ भने त्यसमध्ये चार हजार ७९ जनाले ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमणको महामारीलाई रोक्ने उद्देश्यमा सरकारले रातिको समयमा देशव्यापी कर्फ्यु लगाएको छ भने दिनको समयमा पनि घरबाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ। राष्ट्रपति सिरिल रामाफोसाले यही वर्ष दोस्रो पटक गरिएको मदिराजन्य पदार्थमाथिको प्रतिबन्धले राष्ट्रिय जनस्वास्थ्य पद्धतिलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति रामाफोसाले मानिसहरूले गैह्रजिम्मेवार भएर आफू र अरुलाई पनि जोखिममा राख्ने काम गरेकाले विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन्। “मानिसहरू यस्तो कठिन समयमा पनि पार्टी आयोजना गर्ने, रक्सी पिउने, हो–हल्ला गर्ने, मास्क नलगाई बाहिर निस्कने जस्ता गैह्रजिम्मेवार काममा लागेको पाइयो,” उनले भने, “जनतालाई बचाउनका लागि अनुशासनका केही व्यवस्था गरिएको हो। यसले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन केही हदसम्म भए पनि सहयोग मिल्नेछ।”
" /> काठमाडौं। दक्षिण अफ्रिकाले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने उद्देश्यले मदिरा बिक्रीमा पुनः रोक लगाएको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्रताका साथ फैलिन थालेपछि दक्षिण अफ्रिकी सरकारले सामान्य जनजीवनमा थुप्रैखाले प्रतिबन्ध लगाएको छ।पछिल्लो दुई सातादेखि दक्षिण अफ्रिकामा नयाँ संक्रमितको संख्या १० हजारभन्दा माथि रहँदै आएको छ। दक्षिण अफ्रिकामा अहिलेसम्म दुई लाख ७६ हजार २४२ जनामा संक्रमण पुष्टि भइसकेको छ भने त्यसमध्ये चार हजार ७९ जनाले ज्यान गुमाइसकेका छन्।

">