दार्चुला। व्यास गाउँपालिका-१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको छ।

गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो ।

विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो पटक बन्दाबन्दीका कारण खाद्यान्न ढुवानी गर्न पाएका छैनन्। अहिले गाउँमा पुरानै खाद्यान्न खाँदैछन्। गाउँमा चामल अभाव हुन थालेपछि यहाँ चामल प्रतिकिलो २५० रूपैयाँ सम्ममा खरीदबिक्री हुन थालेको छ।

चीनबाट निर्यात गरिएको पुरानो चामल अहिले व्यासको छाङ्गरुमा २५० रूपैयाँ प्रतिकिलो खरीद बिक्री भइरहेको बुदीमा होटल व्यवसाय गर्दै आएका व्यापारी देवसिंह खातीले जानकारी दिए।

सरकारले सुरक्षाकर्मीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरे पनि व्यासीका लागि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीले समस्या खेप्नुपरेको छ।

विगतमा ८० देखि ९०  प्रतिकिलो पाइने चामलको मूल्य अहिले दोब्बरभन्दा बढीले वृद्धि भइरहेको छ। “घरमा पुरानो अन्न फापर उवा, नप्पल हुनेले त्यही प्रयोग गर्छन्”, स्थानीय गीता बोहराले भनिन्। पुरानो अन्न नभएका घरमा के खाउँको अवस्था पुगिसकेको छ।

समयमै चामल ढुवानी हुन नसके दुवै गाउँ र पशुपालक कृषक भोकमरीमा पर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् ।

व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी छाङ्गरु र तिङ्करके लागि छिट्टै खाद्यान्न ढुवानी हुने बताउनुहुन्छ । यहाँका दुवै गाउँका लागि सदरमुकाम खलङ्गामा खाद्यान्न आइसकेको बताउँदै उनले भने,  “मौसम सफा हुने बित्तिकै दुवै गाउँका लागि खाद्यान्न ढुवानी हुन्छ ।”

दुवै गाउँका लागि सरकारले २०० क्विन्टल खाद्यान्न पुर्‍याउँदैछ। अहिले छाङ्गरुमा ११९ घरधुरी र तिङ्करमा ७० घरधुरी छन् भने दर्जन बढी भेडा व्यवसायी यो क्षेत्रमा बसेका छन्। रासस

" /> दार्चुला। व्यास गाउँपालिका-१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको छ।

"> खाद्यान्‍न अभाव भएपछि छाङ्गरु र तिङ्करमा चामल प्रतिकेजी २५० !: Dekhapadhi
खाद्यान्‍न अभाव भएपछि छाङ्गरु र तिङ्करमा चामल प्रतिकेजी २५० !

प्रतिक्रिया दिनुहोस्