मेलम्ची। बाढीपहिरोबाट पीडित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई चौतारा साँगाचोकगढी नगरपालिकाले पाँच लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
भोटेकोशी गाउँपालिकालाई दुई लाख र बाह्रबिसे नगरपालिकालाई तीन लाख गरी पाँच लाख रूपैयाँ सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाले निर्णय गरेको हो।
२४ असार रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई राहत मिलोस् भनेर सहयोग गर्ने निर्णय गरिएको मेयर अमानसिंह तामाङले जानकारि दिए।
पहिरोमा परी तीनजनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन्। रासस
" /> मेलम्ची। बाढीपहिरोबाट पीडित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई चौतारा साँगाचोकगढी नगरपालिकाले पाँच लाख रूपैयाँ सहयोग गर्ने भएको छ।भोटेकोशी गाउँपालिकालाई दुई लाख र बाह्रबिसे नगरपालिकालाई तीन लाख गरी पाँच लाख रूपैयाँ सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाले निर्णय गरेको हो।

">