काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।
आज दिनभर देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरूमा साथै गण्डकी प्रदेश, प्रदेश ५का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। उक्त प्रदेश आसपास भएर बहने नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र होचो ठाउँमा डुबानसमेत हुनसक्ने जोखिमका कारण सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
हाल नेपालभरि मनसुनी वायु सक्रिय रहेको र न्यूनचापीय प्रणाली तराई भूभाग नजिकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन्।
आज बेलुकाबाट उक्त प्रणाली विस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको उनको भनाइ छ।
न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने मौसमविद्हरूले बताएका छन्।
" /> काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।आज दिनभर देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

">