काठमाडौं। पानी पर्ने क्रम नरोकिएकोले बाढी तथा पहिरोको जोखिम झन बढ्दो छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासी, रुपन्देही, कपिलवस्तु, पर्सा र बारा जिल्लाहरूको दक्षिणी भू-भागमा भारी वर्षा भएकाले सो क्षेत्र भएर बहने साना खोलाहरुमा बहाव बढ्न सक्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ।
त्यस्तै स्याङ्जाको पुतलीबजारस्थित वर्षामापन केन्द्रमा गएराति भारी वर्षा मापन भएकोले आधीखोला, बाधखोला लगायत साना नदीहरूमा आकस्मिक बाढी आउनसक्ने र कमजोर भिरालो क्षेत्रमा पहिरो जानसक्ने भन्दै सावधानी अपनाउन भनिएको छ।
भारी वर्षाका कारण डण्डा, कावाशोती र आसपासको गिरिउवारी लगायत अन्य स-साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढीको जोखिमले बिहानभर सतर्क रहन अनुरोध गरिएको छ।
" /> काठमाडौं। पानी पर्ने क्रम नरोकिएकोले बाढी तथा पहिरोको जोखिम झन बढ्दो छ।जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासी, रुपन्देही, कपिलवस्तु, पर्सा र बारा जिल्लाहरूको दक्षिणी भू-भागमा भारी वर्षा भएकाले सो क्षेत्र भएर बहने साना खोलाहरुमा बहाव बढ्न सक्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ।

">