बाढी, पहिरो तथा डुबानपीडितहरूको उद्धारमा जुट्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिरो तथा डुबानपीडितहरूको उद्धारमा जट्न आग्रह गरेको छ।

आयोगले आज एक विज्ञप्ति निकालेर पीडितहरूको तत्काल उद्धार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन, प्रभावकारी राहत वितरण गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेको हो।

प्रवक्ता सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा विकास निर्माणका कार्यहरूलाई मानव अधिकारमैत्री बनाउन, प्राकृति विपद्को रोकथाममा पूर्वतयारी अपनाउन भनिएको छ।

आयोगका सदस्य सुदीप पाठकले आज गृहसचिव महेश्वर न्यौपानेसँग प्राकृतिक विपद्को समयमा नेपाल सरकारले गरिरहेको पहल, उद्धार राहत तथा रोकथामको सम्बन्धमा छलफल गरेका छन्।

क्वारेन्टिन व्यवस्थापन तथा सुरक्षा अवस्था, स्वास्थ्य परीक्षणको अवस्थाको सम्बन्धमा पनि छलफल भएको छ।

छलफलमा गृह सचिव न्यौपानेले विपद् व्यवस्थापन तथा महामारीमा नेपाल सरकारले संवेदनशील भई कार्य गरिरहेको बताएका थिए।

आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट पीडितहरूको अवस्था, उद्धार, राहत वितरण, स्वास्थ्योपचार बसोबासलगायतका विषयमा सूचना संकलन कार्य भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्