कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका-१७, पथरी बस्ने सोमबहादुर चौधरीको घरबाट शनिबार दिउँसो विभिन्न हातहतियार बरामद भएको छ।
बरामद सामानहरूमा भरुवा बन्दुक एक थान, बाह्रबोरको कार्टिज ७ राउण्ड, प्रयोग गरेको कार्टिज १७ राउण्ड, तयारी बारुद, गन पाउडर, गोली बनाउन प्रयोग हुने सिसा, पोटास करिब एक केजी, काठको कडी १७ थान, फ्रेम १४ थान, चित्तलको छाला एक थान, चित्तलको सिङ एक जोर र मोटरसाइकल दुई थान छन्।
उनको घरमा अवैध सामान लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त सामान बरामद भएको हो । हाल फरार रहेका सोमबहादुरको प्रहरीले खोजी गरिरहेको छ ।
" /> कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका-१७, पथरी बस्ने सोमबहादुर चौधरीको घरबाट शनिबार दिउँसो विभिन्न हातहतियार बरामद भएको छ।बरामद सामानहरूमा भरुवा बन्दुक एक थान, बाह्रबोरको कार्टिज ७ राउण्ड, प्रयोग गरेको कार्टिज १७ राउण्ड, तयारी बारुद, गन पाउडर, गोली बनाउन प्रयोग हुने सिसा, पोटास करिब एक केजी, काठको कडी १७ थान, फ्रेम १४ थान, चित्तलको छाला एक थान, चित्तलको सिङ एक जोर र मोटरसाइकल दुई थान छन्।
उनको घरमा अवैध सामान लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त सामान बरामद भएको हो । हाल फरार रहेका सोमबहादुरको प्रहरीले खोजी गरिरहेको छ ।
">