चन्द समूहका कार्यकर्ता पक्राउ
<p>काठमाडौं। जिल्ला प्रहरी कार्यालय मकवानपुरले नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।</p>
<p>मकवानपुरको बकैया गाउँपालिका-४, छतिवनका जिल्ला समितिका सचिवालय सदस्य ३१ वर्षीय प्रल्हाद गौतम र जिल्ला सदस्यसमेत रहेका युवा संगठन मकवानपुरका जिल्ला अध्यक्ष ३२ वर्षीय सोनाम लामा भनिने सोनम सिंह बललाई पक्राउ गरिएकाे हाे।</p>
<p>उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
