काठमाडौं। अनुमानविपरीत १३ असारमा नेपाल आएका सलह त्यसको हप्ता दिन पुग्दा/नपुग्दै तितर बितर बन्न थालेका थिए।
सानो/सानो संख्यामा भित्रिएका सलह नेपाल पसेपछि पनि थप तितर बितर बनेपछि ठूलो क्षति हुन नपाएको सलह सूचना केन्द्रले बताएको छ।
नेपाल पसेका सलहको झुण्डले करिब १११८ हेक्टर क्षेत्रफलमा लगाइएको मकैबाली, तरकारी बाली र भटमास खेतीमा सामान्य क्षति गरेका छन्।
यसअघि भित्रिएका सलहले ठूलो क्षति नगरेको सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीले बताए।
१३ असारमा नेपाल भित्रिएका सलह नेपालको प्रतिकूल मौसमका कारण मरेको, पहाडी क्षेत्रको हावाले तितर बितर बनाएको र उच्च हिमाली क्षेत्रमा पुगेका सलह चिसोले मरेका थिए।
आज पसेको सलहको झुण्ड नेपाल आउने बारे कृषि मन्त्रालय, सलह सूचना केन्द्र र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई जानकारी नै थिएन।
यस्तै, सलह नेपाल पसेपछि पर्न थालेको पानीले समेत खेतीबालीमा ठूलो क्षति गर्न पाएनन्।
तर, नेपालमा फेरि सलहको दोस्रो हुल पसेको छ। दाङको गढवा हुँदै नेपाल भित्रिएको सलह अर्घाखाँची र प्यूठानतर्फ उडेको सलह सूचना केन्द्रले बताएको छ।

तर, बिहान ९ बजेतिर भारतबाट सलहको झुण्ड नेपाल पसेपछि प्राविधिक टोली अचम्मित बनेको छ।
सूचना केन्द्रका संयोजक सुवेदीले कम्तीमा अबको दुई दिन नेपालमा सलह नभित्रिने बताएका थिए।
यस्तै कृषि तथा पशपन्छी विकास मन्त्रालयले पनि भारतको उत्तर प्रदेशमा आइपुगेको र तत्काल नेपाल नपस्ने अनुमान गरेको थियो।
दुई ठूलो झुण्ड उत्तर प्रदेशमा
भारतको राजस्थानबाट नेपालतर्फ उडेको सलहको ठूलो झुण्ड उत्तर प्रदेश आइपुगेको छ।
दक्षिण-पश्चिमी वायुको प्रभावसँगै उत्तर प्रदेश आइपुगेका सलह कानपुर र इटवाको बीचमा पर्ने अरैया आसपासका १५० किलोमिटर भूभागमा फैलिएका छन्।
त्यस क्षेत्रमा दुईवटा सलहको झुण्ड रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बताएको छ।
वायुको चाप परिवर्तन नभए ३० असारसम्ममा उत्तर प्रदेशमा रहेको सलहको झुण्ड नेपाल पस्ने छन्।
ती सलह अबको दुई दिनसम्म नेपाल नआउने र त्यसपछि नेपाल भित्रिने उच्च जोखिम रहेको सहल सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीले बताए।
खासगरी, उत्तर प्रदेशमा रहेका सलहको झुण्ड ३० असारसम्म नेपाल भित्रिन सक्ने उच्च सम्भावना रहेको सुवेदीले बताए।
उनले देखापढीसँग भने, “ठूलो संख्यामा रहेका सलहको झुण्डलाई भारतले विषादीको प्रयोग गरेर मार्ने प्रयास गरिरहेको छ।”
भारतले मार्ने र तितर बितर गरिरहेको छ। यस्तै मनसुन सक्रिय भइसकेको अवस्थामा करोडौंको संख्यामा रहेका सलह सानो/सानो समूहमा बाँडिने सम्भावना छ।
जसकारण, उत्तर प्रदेशसम्म आइपुगेको झुण्ड सानो/सानो समूह बनेर नेपाल पस्ने सम्भावना रहेको सुवेदीले बताए।

" /> काठमाडौं। अनुमानविपरीत १३ असारमा नेपाल आएका सलह त्यसको हप्ता दिन पुग्दा/नपुग्दै तितर बितर बन्न थालेका थिए।सानो/सानो संख्यामा भित्रिएका सलह नेपाल पसेपछि पनि थप तितर बितर बनेपछि ठूलो क्षति हुन नपाएको सलह सूचना केन्द्रले बताएको छ।

">