काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत (हाल सहसचिव) टीकाराम ज्ञवालीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीहरूसँग कूल ६५ करोड ७० लाख ४६ हजार रूपैयाँ बिगो दाबी गरिएको छ।
आज मुद्दा दायर गरिएका व्यक्तिमा तत्कालीन प्रमुख मालपोत अधिकृत ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी इश्वरीप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थि, तत्कालीन नायव सुब्बा बुद्धिसागर तिवारी, तत्कालीन नायव सुब्बा रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिव नन्दलाल दास, तत्कालीन गाविस सचिव बुद्धिसागर सुवेदी, तत्कालीन गाविस सचिव नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदार नेत्रबहादुर चौधरी, खरिदार अमृतकुमार काम्मु मगर, तत्कालीन खरिदार खगेन्द्र पराजुली र गेरमी गाउँपालिका-५ बस्ने रविकुमार खत्री छन्।
नवलपरासीको साविक सनई गाविस-८ को कित्ता नं. १२१, २५१, २९७ समेतका जग्गाहरू हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरु माथि अनुसन्धान सुरू गरेको थियो।
मुद्दा दायर गरिएका व्यक्तिहरूले गलत कागजातका आधारमा कानूनविपरीत काम गरेको पाइएको अख्तियारले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले गलत कागजातको आधारमा भारतमा रहेका व्यक्तिलाई नेपालमा बसोबास गरेको बनाएको, नाता प्रमाणित गरेको, मृत्युदर्ता प्रमाणपत्र बनाएको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ।
मुद्दा दायर गरिएका प्रत्येकसँग पाँच करोड पाँच लाख ४२ हजार रूपैयाँ बिगो दाबी गरिएको छ।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत (हाल सहसचिव) टीकाराम ज्ञवालीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीहरूसँग कूल ६५ करोड ७० लाख ४६ हजार रूपैयाँ बिगो दाबी गरिएको छ।

">