काठमाडौं। नक्कली नाता प्रमाणित गरेर मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका १२ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
ललितपुर जिल्ला अदालतले पक्राउ परेका १२ जनालाई नै ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए।
“अदालतले पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको छ,” उनले भने, “यस सम्बन्धमा ब्युरोले थप अनुसन्धान गर्छ।”
हिजो र आज पक्राउ परेका चिकित्सक, जनप्रतिनिधि र प्रहरीसहितलाई न्यायिक हिरासतमा राखेर थप अनुसन्धान हुने भएको छ।
ब्युरोले चितवनको भरतपुर महानगरपालिका-४ घर भई हाल जिल्ला प्रशासन कार्यालय चितवनमा प्रशासकीय अधिकृतमा कार्यरत वर्ष ५४ का रामचन्द्र ढकाल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोटा नगरपालिका-५ घर भई हाल कलेज अफ मेडिकल साइन्सेज टिचिङ हस्पिटल भरतपुरका कानूनी सल्लाहकार वर्ष ४० का रमेश काफ्ले, मोरङ विराटनगर महानगरपालिका-१२ घर भई हाल कलेज अफ मेडिकल साइन्सेज टिचिङ हस्पिटल भरतपुरको प्रमुख सञ्चालक ५५ वर्षीय डा.सुप्रभात श्रेष्ठ, गोरखा पालुङटार नगरपालिका-६ घर भई हाल कलेज अफ मेडिकल साइन्सेज टिचिङ हस्पिटल भरतपुरमा कार्यरत ५० वर्षीय डा. बालकृष्ण कालाखेती र महोत्तरी जलेश्वर नगरपालिका-१३, धवौली घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका-३१, बानेश्वर बस्ने वर्ष ६५ का नोवेल अस्पतालका डा.राकेशकुमार वर्मालाई पक्राउ गरेको हो।
त्यस्तै भक्तपुर नगरपालिका-६ बस्ने जमुनाराज भण्डारी, गुल्मी रेसुङ्गा नगरपालिका-५ घर भई हाल जिल्ला काठमाडौं टोखा नगरपालिका-३ अस्थायी बसोबास गर्ने प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, झापाको कन्काई नगरपालिका-२ घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका-३, रानीबारीमा अस्थायी बसोबास गर्ने वर्ष ३८ का निलम्बित प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया, भोजपुर हठुवागढी गाउँपालिका-९ घर भई जिल्ला भक्तपुर जगाती बस्ने रेश्मा राई, ललितपुर महानगरपालिका-३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका-३ का वडाध्यक्ष ५७ वर्षीय गोपाल महर्जन, नागार्जुन नगरपालिका-५ हरिसिद्धी बस्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार ५८ वर्षीय नवराज के.सी.र ललितपुर महानगरपालिका-२५ नख्खुटोल बस्ने वर्ष ४९ का राजकुमार केसीलाई पक्राउ गरिएकाे हाे।
ललितपुर महानगरपालिका-३ का अध्यक्ष गोपाल महर्जनले नक्कली नाता प्रमाणित गर्ने काममा सहयोग गरेको खुलेको छ।
विदेशमा रहेका व्यक्तिको नक्कली कागजात तयार पारेर यहाँ नक्कली नाता भएको व्यक्ति खडा गरेर २०७६ जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।
२०७६ असोज २ गते बेनामे उजुरी परेपछि ब्युरोले अनुसन्धान अघि बढाएको थियो। उनीहरूविरुद्ध २०७७ असार २४ गते जाहेरी दर्ता भएको थियो।
मानव बेचविखन अनुसन्धान ब्युरोले यसअघि असोजमा मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओसहित पाँचजनालाई पक्राउ गरेको थियो। उक्त घटनामा पनि नक्कली आफन्त खडा गरेर मिर्गौला किनबेच गरेको खुलेको थियो।
" /> काठमाडौं। नक्कली नाता प्रमाणित गरेर मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका १२ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।ललितपुर जिल्ला अदालतले पक्राउ परेका १२ जनालाई नै ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए।

">