काठमाडौं। अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको घटनामा एक प्रहरी सहायक निरीक्षकको पनि संलग्नता भेटिएको छ।
हाल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद खनाल अवैधरुपमा मिर्गौला प्रत्यारोपण घटनामा संलग्न रहेको देखिएपछि पक्राउ परेका छन्।
मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई आज पक्राउ गरेको हो। उनीसहित उक्त घटनामा संलग्न रहेको भेटिएपछि यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया पनि पक्राउ परेका छन्। ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले प्रहरी अस्पतालमा कार्यरत असई र निलम्बित सई पनि पक्राउ परेको पुष्टि गरे।
विदेशमा रहेका व्यक्तिको नक्कली कागजातसहितको विवरण तयार पारेर मिर्गौला झिकिएको घटनामा संलग्न भएको अभियोगमा ब्यूरोको टोलीले तीनजना चिकित्सकसहित १२ जनालाई पक्राउ गरेको हो।
“आज ९ जना र हिजो ३ जना पक्राउ परेका हुन,” ब्यूरोका एसपी थपलियाले भने, “थप अनुसन्धान भइरहेको छ।” घटनाका विषयमा जानकारी दिन दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने खबर गरेपनि ब्यूरोले पक्राउ परेकाहरूलाई म्याद थप गर्न अदालत लगिएको र बहस नसकिएको भन्दै सामान्य जानकारी मात्र गराएको थियो।
ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ब्यूरोको टोलीले हिजो र आज गरेर १२ जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न रहेको अभियोगमा ब्यूरोले भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) का तीन जना चिकित्सक डा. राकेशकुमार बर्मा, डा. शम्भुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेतीलाई पक्राउ गरेको हो। त्यस्तै ललितपुर महानगरपालिका–३ का अध्यक्ष श्रीगोपाल महर्जन पनि पक्राउ परेका छन्। नक्कली नाता प्रमाणित गर्ने काममा अध्यक्षको संलग्नता रहेको खुलेको छ।
विदेशमा रहेका व्यक्तिको नक्कली कागजात तयार पारेर २०७६ जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। २०७६ असोज २ गते बेनामे उजुरी परेपछि ब्यूरोले अनुसन्धान अघि बढाइएको थियो। उनीहरुविरुद्ध २०७७ असार २४ गते जाहेरी दर्ता भएको थियो।
मानव बेचविखन अनुसन्धान ब्यूरोले यसअघि असोजमा मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जनालाई पक्राउ गरेको थियो। उक्त घटनामा पनि नक्कली आफन्त खडा गरेर मिर्गौला किनबेच गरेको खुलेको थियो।
" /> काठमाडौं। अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको घटनामा एक प्रहरी सहायक निरीक्षकको पनि संलग्नता भेटिएको छ।मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई आज पक्राउ गरेको हो। उनीसहित उक्त घटनामा संलग्न रहेको भेटिएपछि यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया पनि पक्राउ परेका छन्। ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले प्रहरी अस्पतालमा कार्यरत असई र निलम्बित सई पनि पक्राउ परेको पुष्टि गरे।

">