चार वर्षीया बालिकालाई बलात्कार गर्ने बृद्ध पक्राउ <p>पाल्पा। चार वर्षीया &nbsp;बालिकालाई बलात्कार गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन्। पाल्पाको रामपुर नगरपालिका-१० टोक्सेभञ्ज्याङका ७५ वर्षीय कुलबहादुर गाहा बलात्कार आरोपमा पक्राउ परेका हुन्।</p> <p>प्रहरी चौकी हुँगीबाट खटिएको टोलीले शनिबार साँझ गाहालाई पक्राउ गरेको हो। बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना पाएपछि तत्कालै गएर बृद्बलाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्