पाल्पा। पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन्।
गुल्मी जिल्ला रुरु गाउँपालिका-५, बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१, अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए।
गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए।
श्यामशरणलाई घरमा पुर्याउँदा परिवार र आफन्तहरूको भीडभाड थियो।
केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो।
पुरुषको लासलाई श्यामशरणकाे लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन्।
किरिया बसेको ९ दिनमा जीवित भेटिएपछि आफन्तहरू खुसी देखिएका छन्।
पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराएका थिए। रासस
" /> पाल्पा। पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन्।गुल्मी जिल्ला रुरु गाउँपालिका-५, बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१, अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए।

">