सिरहा। सिरहामा रासायनिक मलको अभाव रहेका बेलामा भारतबाट अवैध रुपमा ल्याएर लुकाई-छिपाई राखेको ३८ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ।
भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित जीवछ साहको घरमा गोदाम बनाएर बिक्री वितरणका लागि राखेको सूचनाका आधारमा प्रहरी टोलीले आज बिहान सो परिमाणको मल बरामद गरेको हो ।
बरियारपट्टी बजारस्थित साहको गोदामबाट मल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
मल बरियारपट्टी भन्सार कार्यालयलाई बुझाइएको र गोदाम सञ्चालकमाथि राजश्व छली तथा कलाबजारी ऐनअनुसार करवाही गरिने उनले जानकारी दिए।
यस्तै प्रहरीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा १५३ पोका गुट्खा सहित सिरहा नगरपालिका-२० निवासी २० वर्षीय शिवकुमार यादवलाई पक्राउ गरेको छ। रासस
" /> सिरहा। सिरहामा रासायनिक मलको अभाव रहेका बेलामा भारतबाट अवैध रुपमा ल्याएर लुकाई-छिपाई राखेको ३८ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ।भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित जीवछ साहको घरमा गोदाम बनाएर बिक्री वितरणका लागि राखेको सूचनाका आधारमा प्रहरी टोलीले आज बिहान सो परिमाणको मल बरामद गरेको हो ।

">