काठमाडौं। अमेरिकी कम्पनी अमेजनले गत शुक्रबार आफ्ना कर्मचारीहरूलाई मोवाइलबाट ‘टिकटक’ एप्लिकेशन हटाउन भन्यो। अमेजनले आफ्ना कर्मचारीहरूलाई इमेल लेखेर मोवाइलबाट टिकटक हटाउन भनेको थियो।
चिनियाँ कम्पनीको स्वामित्वमा रहेको भिडिओ एप्लिकेशन टिकटकलाई सूचना प्रविधि क्षेत्रकै अर्को विशाल कम्पनी अमेजनले कर्मचारीलाई हटाउन भनेपछि विश्वभर आश्चर्यजनक रूपमा हेरिएको थियो।
तर, अमेजनको यो निर्देशन पाँच घन्टा पनि टिक्न सकेन। सर्वत्र चर्चा र आलोचना भएपछि अमेजनले भूलवस टिकटक हटाउनु भन्ने इमेल गएको बताएको छ।
अमेजनले कर्मचारीलाई पठाएको इमेलमा ‘सुरक्षा जोखिम’ देखाउँदै एप्लिकेशन हटाउन भनेको थियो। अमेजनको इमेल प्रयोग भएका सबै डिभाइसबाट टिकटक हटाउन भनेपछि कर्मचारीहरूले पनि अनस्टल गर्न थालेका थिए।
अमेजनले कर्मचारीलाई पठाएको पछिल्लो इमेलमा कम्पनीका प्रवक्ता क्रिस्टिन ब्राउनले टिकटटका बारेमा भनिएको छ, “भुलवस इमेल गएछ। टिकटकप्रति हाम्रो सम्मान छ। टिकटकप्रतिको नीतिमा कुनै परिवर्तन भएको छैन।”
टिकटक विश्वभर युवा पुस्तामाझ लोकप्रिय छ। अमेरिकामा पनि युवा पुस्ताले टिकटकलाई खुबै मन पराएका छन्। तर, अमेरिका र चीन बीचको व्यापार तनावको प्रभाव टिकटकमा परेको हो।
चिनियाँ कम्पनी बाइट डान्सले निर्माण गरेको टिकटक छोटो र मनोरञ्जनपूर्ण भिडिओका लागि लोकप्रिय छ।
" /> काठमाडौं। अमेरिकी कम्पनी अमेजनले गत शुक्रबार आफ्ना कर्मचारीहरूलाई मोवाइलबाट ‘टिकटक’ एप्लिकेशन हटाउन भन्यो। अमेजनले आफ्ना कर्मचारीहरूलाई इमेल लेखेर मोवाइलबाट टिकटक हटाउन भनेको थियो।चिनियाँ कम्पनीको स्वामित्वमा रहेको भिडिओ एप्लिकेशन टिकटकलाई सूचना प्रविधि क्षेत्रकै अर्को विशाल कम्पनी अमेजनले कर्मचारीलाई हटाउन भनेपछि विश्वभर आश्चर्यजनक रूपमा हेरिएको थियो।

">