गुल्मी। पहिरो गएपछि रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध बनेको छ। सत्यवती गाउँपालिका-६ डहरे खोलामा ट्रक भासिएपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौँ सवारी साधन र यात्रु बीचबाटामा अलपत्र परेका छन्। सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए।
अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास-इन्द्रगौंडा र तम्घास- मुसिकोट सडक पनि अवरुद्ध भएका छन्।
मुसिकोट नगरपालिका -३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि हिजो बेलुकीदेखि सडक अवरुद्ध बनेको हो। रासस
" /> गुल्मी। पहिरो गएपछि रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध बनेको छ। सत्यवती गाउँपालिका-६ डहरे खोलामा ट्रक भासिएपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो।सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौँ सवारी साधन र यात्रु बीचबाटामा अलपत्र परेका छन्। सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए।

">