काठमाडौं। पछिल्लो चार दिनमा अविरल वर्षासँग आएको पहिरो र बाढीका घटनामा परी देशभर ४५ जनाले ज्यान गुमाइसकेका छन्। २५ असारदेखि आज बिहान ११ बजेसम्म पहिरो र बाढीका घटनामा परी देशभर ९१ जना बेपत्ता भएका छन्। यी घटनामा परी ४० जनाभन्दा बढी घाइते भएका छन्।
पछिल्लो चार दिनमा बाढी र पहिरोमा परी सबैभन्दा बढी कास्की, लम्जुङ, पर्वत, म्यादी, सिन्धुपाल्चोक, जाजरकोट, रुकुम पश्चिम र गुल्मीमा ज्यान गुमाएका छन्। अझै केही दिन भारी वर्षाको सम्भावना रहेकोले बाढी र पहिरोले ठूलो असर गर्ने अनुमान गरिएको छ। मनसुन अवधिभर नेपालमा बाढी, पहिरो र डुबानको जोखिम हुने हुँदा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस्ता स्थानको पहिचान गरेको छ।
प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य विस्कृत कार्ययोजना, २०७७’ देशभरका जोखिम स्थानलाई स्पष्ट रूपमा पहिचान गरिएको छ। यस्ता ठाउँमा मनसुनका बेला उच्च सतर्कता अपनाउन पनि सुझाइएको छ।
हेर्नुहोस् बाढी, पहिरो र डुबानका दृष्टिले सबैभन्दा बढी जोखिमपूर्ण स्थानहरू :
" /> काठमाडौं। पछिल्लो चार दिनमा अविरल वर्षासँग आएको पहिरो र बाढीका घटनामा परी देशभर ४५ जनाले ज्यान गुमाइसकेका छन्। २५ असारदेखि आज बिहान ११ बजेसम्म पहिरो र बाढीका घटनामा परी देशभर ९१ जना बेपत्ता भएका छन्। यी घटनामा परी ४० जनाभन्दा बढी घाइते भएका छन्।पछिल्लो चार दिनमा बाढी र पहिरोमा परी सबैभन्दा बढी कास्की, लम्जुङ, पर्वत, म्यादी, सिन्धुपाल्चोक, जाजरकोट, रुकुम पश्चिम र गुल्मीमा ज्यान गुमाएका छन्। अझै केही दिन भारी वर्षाको सम्भावना रहेकोले बाढी र पहिरोले ठूलो असर गर्ने अनुमान गरिएको छ। मनसुन अवधिभर नेपालमा बाढी, पहिरो र डुबानको जोखिम हुने हुँदा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस्ता स्थानको पहिचान गरेको छ।
प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य विस्कृत कार्ययोजना, २०७७’ देशभरका जोखिम स्थानलाई स्पष्ट रूपमा पहिचान गरिएको छ। यस्ता ठाउँमा मनसुनका बेला उच्च सतर्कता अपनाउन पनि सुझाइएको छ।
हेर्नुहोस् बाढी, पहिरो र डुबानका दृष्टिले सबैभन्दा बढी जोखिमपूर्ण स्थानहरू :
">