लिस्बन (पोर्तुगल)। ‘हामी एक्लैले संसार बदल्न त सक्दैनौँ तर, संसार बदल्न सहयोग गर्न सक्दछौँ।’ पोर्तुगलको राजधानी लिस्बनका विभिन्न स्थानमा खडा गरिएका अस्थायी ‘काउन्टर’हरूमा पोर्तुगीज, अंग्रेजी र नेपाली भाषामा यही लेखिएको हुन्छ। र, त्यो काउन्टरबाट कोरोना भाइरस तथा लकडाउनका कारण प्रभावित भएका सयौं व्यक्तिलाई वितरण गरिन्छ निःशुल्क पिज्जा। र, यो अभियानका मुख्य पात्र हुन्, टंक सापकोटा।

युरोपमै चर्चित इटालियन सेफका रूपमा नाम कमाएका सापकोटासहितको टोलीले पिज्जा त्यहीँ बनाउँछ र ताजा वितरण गर्दछ।  उसो त टंक सापकोटा पोर्तुगलमा रहेका नेपाली र  पोर्तुगीजमाझ नौलो नाम होइन। सापकोटा, युरोपभरि नै आप्रवासीका लागि खुकुलो नीति लिएको पोर्तुगलमा रहेका हजारौं नेपालीको शान त हुँदै हुन् त्यो भन्दा पनि महत्वपूर्ण उनी स्थानीय पोर्तुगीतहरूमाझ नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक भाव विकास गराउने महत्वपूर्ण कडी हुन्। “जब समाजको अवस्था असमान्य हुन्छ या खराब हुन्छ, पहिलो प्रयास भनेकै हामीले केही गर्न शुरू गर्नुपर्दछ”, सापकोटा भन्छन्।

यति बेला मात्र होइन सापकोटाले विगतमा पनि यस्ता थुप्रै समाज सेवाका काम गरेका छन्। तर, चर्चामा आउन खासै नचाहने सापकोटा अहिले भने पोर्तुगीज अखबारका समाचार बनेका छन्। स्वयंसेवकहरूको टोलीसँगै हरेक दिन उनी अस्थायी काउन्टर बनाएर ठाउँ ठाउँमा पिज्जा खुवाइरहेका हुन्छन्।

‘फार्नो दि अउरो’ अर्थात् ‘सुनको चुलो’ पोर्तुगलमा मात्र होइन युरोपभरि नै चर्चित नाम हो र सापकोटा यो लगायत चार रेस्टुरेन्टका सञ्चालक हुन्। कोरोना भाइरस र लकडाउनबाट प्रभावितका लागि उनले आठ हजार पिज्जा खुवाउने अभियान शुरू गरेका हुन्, जसले लिस्बन शहरका एक हजार ७२० परिवार लाभान्वित हुनेछन्।

लिस्बन महानगरपालिका संगको सहकार्यमा उनको टोली हरेक दिन भिन्न स्थानहरूमा अस्थायी काउन्टर बनाएर पिज्जा वितरण गर्ने गर्दछ। र, यसमा स्थानीय फेर्गुजीया (नेपालका वडा कार्यालय जस्तै)का प्रमुखहरूको पनि सहभागिता हुने हुँदा यसले नेपाली र पोर्तुगीज समुदायबीचको सम्बन्धलाई पनि जोडेको छ। वास्तविक पीडितले राहत पाउन पनि सजिलो भएको छ।

यसअघि नै सापकोटाको चारवटै रेस्टुरेन्टबाट २५ अप्रिल देखि २५ मेसम्मको एक महीनाको अवधिमा ‘उबर इट’बाट हुने बिक्रीको १० प्रतिशत रकम कोरोना प्रभावितको सहयोगका लागि छुट्याएको थियो। जसअनुसार उठेको जम्मा रकमको ५० प्रतिशत हुन आउने दुई हजार १६३ यूरो रकम पोर्तुगल सरकारको राहत कोषमा तथा सोही बराबरको रकम नेपाली समुदायका लागि खोलिएको राहत कोषमा जम्मा गरिदिएका थिए।

" /> लिस्बन (पोर्तुगल)। ‘हामी एक्लैले संसार बदल्न त सक्दैनौँ तर, संसार बदल्न सहयोग गर्न सक्दछौँ।’ पोर्तुगलको राजधानी लिस्बनका विभिन्न स्थानमा खडा गरिएका अस्थायी ‘काउन्टर’हरूमा पोर्तुगीज, अंग्रेजी र नेपाली भाषामा यही लेखिएको हुन्छ। र, त्यो काउन्टरबाट कोरोना भाइरस तथा लकडाउनका कारण प्रभावित भएका सयौं व्यक्तिलाई वितरण गरिन्छ निःशुल्क पिज्जा। र, यो अभियानका मुख्य पात्र हुन्, टंक सापकोटा।

युरोपमै चर्चित इटालियन सेफका रूपमा नाम कमाएका सापकोटासहितको टोलीले पिज्जा त्यहीँ बनाउँछ र ताजा वितरण गर्दछ।  उसो त टंक सापकोटा पोर्तुगलमा रहेका नेपाली र  पोर्तुगीजमाझ नौलो नाम होइन। सापकोटा, युरोपभरि नै आप्रवासीका लागि खुकुलो नीति लिएको पोर्तुगलमा रहेका हजारौं नेपालीको शान त हुँदै हुन् त्यो भन्दा पनि महत्वपूर्ण उनी स्थानीय पोर्तुगीतहरूमाझ नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक भाव विकास गराउने महत्वपूर्ण कडी हुन्। “जब समाजको अवस्था असमान्य हुन्छ या खराब हुन्छ, पहिलो प्रयास भनेकै हामीले केही गर्न शुरू गर्नुपर्दछ”, सापकोटा भन्छन्।

यति बेला मात्र होइन सापकोटाले विगतमा पनि यस्ता थुप्रै समाज सेवाका काम गरेका छन्। तर, चर्चामा आउन खासै नचाहने सापकोटा अहिले भने पोर्तुगीज अखबारका समाचार बनेका छन्। स्वयंसेवकहरूको टोलीसँगै हरेक दिन उनी अस्थायी काउन्टर बनाएर ठाउँ ठाउँमा पिज्जा खुवाइरहेका हुन्छन्।

‘फार्नो दि अउरो’ अर्थात् ‘सुनको चुलो’ पोर्तुगलमा मात्र होइन युरोपभरि नै चर्चित नाम हो र सापकोटा यो लगायत चार रेस्टुरेन्टका सञ्चालक हुन्। कोरोना भाइरस र लकडाउनबाट प्रभावितका लागि उनले आठ हजार पिज्जा खुवाउने अभियान शुरू गरेका हुन्, जसले लिस्बन शहरका एक हजार ७२० परिवार लाभान्वित हुनेछन्।

लिस्बन महानगरपालिका संगको सहकार्यमा उनको टोली हरेक दिन भिन्न स्थानहरूमा अस्थायी काउन्टर बनाएर पिज्जा वितरण गर्ने गर्दछ। र, यसमा स्थानीय फेर्गुजीया (नेपालका वडा कार्यालय जस्तै)का प्रमुखहरूको पनि सहभागिता हुने हुँदा यसले नेपाली र पोर्तुगीज समुदायबीचको सम्बन्धलाई पनि जोडेको छ। वास्तविक पीडितले राहत पाउन पनि सजिलो भएको छ।

यसअघि नै सापकोटाको चारवटै रेस्टुरेन्टबाट २५ अप्रिल देखि २५ मेसम्मको एक महीनाको अवधिमा ‘उबर इट’बाट हुने बिक्रीको १० प्रतिशत रकम कोरोना प्रभावितको सहयोगका लागि छुट्याएको थियो। जसअनुसार उठेको जम्मा रकमको ५० प्रतिशत हुन आउने दुई हजार १६३ यूरो रकम पोर्तुगल सरकारको राहत कोषमा तथा सोही बराबरको रकम नेपाली समुदायका लागि खोलिएको राहत कोषमा जम्मा गरिदिएका थिए।

"> लिस्बनमा आठ हजारलाई निःशुल्क पिज्जा खुवाउँदैछन् सापकोटा: Dekhapadhi समाजसेवी टंक सापकोटाले कोरोना भाइरस र लकडाउनबाट प्रभावितका लागि आठ हजार पिज्जा खुवाउने अभियान थालेका छन्
• लिस्बन शहरका एक हजार ७२० परिवार लाभान्वित हुँदै

लिस्बनमा आठ हजारलाई निःशुल्क पिज्जा खुवाउँदैछन् सापकोटा
लिस्बन (पोर्तुगल)। ‘हामी एक्लैले संसार बदल्न त सक्दैनौँ तर, संसार बदल्न सहयोग गर्न सक्दछौँ।’ पोर्तुगलको राजधानी लिस्बनका विभिन्न स्थानमा खडा गरिएका अस्थायी ‘काउन्टर’हरूमा पोर्तुगीज, अंग्रेजी र नेपाली भाषामा यही लेखिएको हुन्छ। र, त्यो काउन्टरबाट कोरोना भाइरस तथा लकडाउनका कारण प्रभावित भएका सयौं व्यक्तिलाई वितरण गरिन्छ निःशुल्क पिज्जा। र, यो अभियानका मुख्य पात्र हुन्, टंक सापकोटा।

युरोपमै चर्चित इटालियन सेफका रूपमा नाम कमाएका सापकोटासहितको टोलीले पिज्जा त्यहीँ बनाउँछ र ताजा वितरण गर्दछ।  उसो त टंक सापकोटा पोर्तुगलमा रहेका नेपाली र  पोर्तुगीजमाझ नौलो नाम होइन। सापकोटा, युरोपभरि नै आप्रवासीका लागि खुकुलो नीति लिएको पोर्तुगलमा रहेका हजारौं नेपालीको शान त हुँदै हुन् त्यो भन्दा पनि महत्वपूर्ण उनी स्थानीय पोर्तुगीतहरूमाझ नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक भाव विकास गराउने महत्वपूर्ण कडी हुन्। “जब समाजको अवस्था असमान्य हुन्छ या खराब हुन्छ, पहिलो प्रयास भनेकै हामीले केही गर्न शुरू गर्नुपर्दछ”, सापकोटा भन्छन्।

यति बेला मात्र होइन सापकोटाले विगतमा पनि यस्ता थुप्रै समाज सेवाका काम गरेका छन्। तर, चर्चामा आउन खासै नचाहने सापकोटा अहिले भने पोर्तुगीज अखबारका समाचार बनेका छन्। स्वयंसेवकहरूको टोलीसँगै हरेक दिन उनी अस्थायी काउन्टर बनाएर ठाउँ ठाउँमा पिज्जा खुवाइरहेका हुन्छन्।

‘फार्नो दि अउरो’ अर्थात् ‘सुनको चुलो’ पोर्तुगलमा मात्र होइन युरोपभरि नै चर्चित नाम हो र सापकोटा यो लगायत चार रेस्टुरेन्टका सञ्चालक हुन्। कोरोना भाइरस र लकडाउनबाट प्रभावितका लागि उनले आठ हजार पिज्जा खुवाउने अभियान शुरू गरेका हुन्, जसले लिस्बन शहरका एक हजार ७२० परिवार लाभान्वित हुनेछन्।

लिस्बन महानगरपालिका संगको सहकार्यमा उनको टोली हरेक दिन भिन्न स्थानहरूमा अस्थायी काउन्टर बनाएर पिज्जा वितरण गर्ने गर्दछ। र, यसमा स्थानीय फेर्गुजीया (नेपालका वडा कार्यालय जस्तै)का प्रमुखहरूको पनि सहभागिता हुने हुँदा यसले नेपाली र पोर्तुगीज समुदायबीचको सम्बन्धलाई पनि जोडेको छ। वास्तविक पीडितले राहत पाउन पनि सजिलो भएको छ।

यसअघि नै सापकोटाको चारवटै रेस्टुरेन्टबाट २५ अप्रिल देखि २५ मेसम्मको एक महीनाको अवधिमा ‘उबर इट’बाट हुने बिक्रीको १० प्रतिशत रकम कोरोना प्रभावितको सहयोगका लागि छुट्याएको थियो। जसअनुसार उठेको जम्मा रकमको ५० प्रतिशत हुन आउने दुई हजार १६३ यूरो रकम पोर्तुगल सरकारको राहत कोषमा तथा सोही बराबरको रकम नेपाली समुदायका लागि खोलिएको राहत कोषमा जम्मा गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्