बाढीले बगाउँदा उदयपुरमा एकको मृत्यु
<p style="text-align: justify;">गाईघाट। त्रियुगा नदीको बाढीले बगाउँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-९ गैरुन बस्ने ६० वर्षीय मान चौधरीको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हिजो साँझ ५ बजे त्रियुगा नगरपालिका-५ देउरीबाट घर फर्कने क्रममा त्रियुगा नदी तर्दा चौधरीलाई बाढीले बगाएको हो । </p>
<p style="text-align: justify;">बाढीले बगाएको ७०० मिटर तल त्रियुगा नदी किनारमा चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए। <em>रासस</em></p>