काभ्रेपलाञ्चोक। इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन्।
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा हिजो साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्।
मण्डनदेउपुर नपा-१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको वडाध्यक्ष विष्णु नेपालले बताए।
उनका अनुसार स्थानीय दीपक नेपालीका १२ वर्षीय छोरा अभिषेक पनि बेपत्ता भएका छन्।
अध्यक्ष नेपालले भने “राति अबेरसम्म उनीहरुको खोजी गरियो, आज बिहानदेखि पुनः खोजीकार्यमा जुटेका छौँ, तर भेट्टाउने सम्भावना न्यून देखिन्छ ।”
उहाँका अनुसार हिजै देखि स्थानीय प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरसमेतले खोजी गर्दा भेट्टाउन सकेको छैन। लगातार पानी परिरहेकोले उद्धारमा झन कठिनाइ भएको छ। रासस
" /> काभ्रेपलाञ्चोक। इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन्।काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा हिजो साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्।

">