म्याग्दी। धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको २६ असार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन।
“बिहानै मेलामा जाने योजना थियो। जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो।” पहिरोमा भाग्ने क्रममा घाइते भएका धनबहादुर बेनी अस्पतालमा उपचार गराइरहेका छन्।
जुग्जालीका छोरा अर्जुन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए। करीब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले हिजो साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए।
पहिरो खस्न थालेपछि घरभित्र सुतिरहेकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए। घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि २६ असार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर पुगेका थिए।
धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा २६ असारको पहिरोले २७ जनाको मृत्यु भएको छ। बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन्। चार अझै बेपत्ता छन्। धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। सन्तोष गौतम/रासस
" /> म्याग्दी। धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको २६ असार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन।“बिहानै मेलामा जाने योजना थियो। जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो।” पहिरोमा भाग्ने क्रममा घाइते भएका धनबहादुर बेनी अस्पतालमा उपचार गराइरहेका छन्।

">